२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा लक्षित महासचिव पोखरेलको टिप्पणीः सरकारमा रहँदा एमाले अध्यक्षकै घरमा उठबस हुन्थ्यो, सरकारमा नलगेपछि प्रहार शुरु भयो



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेससँग बनेको सरकारमा आफूलाई सहभागी नगराउने भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेमाथि प्रहार गर्न शुरु गरेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा आईतवार विधान महाधिवेशनको सन्दर्भमा आयोजित केन्द्रिय विभागहरुको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो ।

उहाँले नेपालको राजनीतिमा मुल धारका राजनीतिक दलहरुको विकल्पको रुपमा आउन खोजेकाहरुले जनतामा सामाजिक सञ्जालको माध्यमबाट निराशाको खेती गरेको आरोप लगाउनु भयो । निराशाको विकल्पका रुपमा आफ्नो औचित्य पुष्टि गर्ने, त्यही मान्यताको जगमा नेपालको राजनीतिमा पपुलिजमलाई प्रवद्र्धन गर्ने काम गरेको बताउनु भयो । नयाँको परीक्षण छिटो हुन दिनुपर्छ भनेर नै नेकपा एमालेले उनीहरुले मागेको मन्त्रालय पहल गरेर दिएको बताउनु भयो । त्यो बेलासम्म रास्वपाका नेताहरुको भरोसाको केन्द्र नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भएको र उनीहरुको उठबस नै एमाले अध्यक्षको घर रहेको जिकिर गर्नुभयो । काँग्रेससँगको सहकार्यपछि रास्वपालाई सरकारमा सहभागी नगर्ने निष्कर्षमा पुगेसँगै रास्वपाबाट प्रहार शुरु भएको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालको राजनीतिमा मुल धारका राजनीतिक दलहरुको विकल्पको रुपमा आउन खोजेकाहरुले एक प्रकारले जनतामा सोसल मिडियाका माध्यमबाट निराशा सिर्जना गर्ने, त्यो निराशाको विकल्पका रुपमा आफ्नो औचित्य पुष्टि गर्ने, त्यही मान्यताको जगमा उनीहरुले नेपालको राजनीतिमा पपुलिजमलाई प्रवद्र्धन गर्ने काम गरे । त्यसलाई पार्टीका रुपमा संगठित गर्ने काम गरे । उनीहरुलाई परीक्षण हुन दिनुपर्छ भन्ने मान्यताका आधारमा सत्ताको साझेदार बनाउने नीति लियौँ । जे माग्छन्, त्यसका लागि पैरवी गरिदियौँ । गृहमन्त्रालय, शिक्षामन्त्रालय, श्रम मन्त्रालय, स्वास्थ्य राज्यमन्त्री बनाएर कामको जिम्मा दियौँ । पपुलिस्टलाई कामद्वारा देखाउनुपर्छ भन्ने मान्यताका लागि ठाउँ दियौँ । त्यतिन्जेलसम्म अहिलेका रास्वपाका नेताहरुको भरोसाको केन्द्र नेकपा एमालेका अध्यक्षको घर थियो । बस उठ त्यहीँ हुने गर्दथ्यो । काँग्रेससँगको सहकार्यपछि रास्वपालाई सरकारमा सहभागी नगर्ने निष्कर्षमा पुग्यौँ । त्यसपछि रास्वपाको प्रहार शुरु भयो ।’

महासचिव पोखरेलले आज रवि लामिछाने थुनामा जानुको कारण तल्लो अदालतको फैसलाको चित्त नबुझेर माथिल्लो अदालतमा जानुको परिणाम भएको बताउनु भयो ।