२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनपक्षीय शिक्षा ऐनको मागसहित अखिल क्रान्तिकारीको प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप



अ+ अ-

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माईतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले सोमवार विहान माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

आन्दोलनरत विद्यार्थीलाई पक्राउ गर्न थालेपछि विद्यार्थी–प्रहरीबीच तनाव बढेको हो । प्रहरीले केहीलाई नियन्त्रण समेत लिएको छ । माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गर्ने अखिल क्रान्तीकारीको योजना भएपनि माइतीघर क्षेत्रबाटै नियन्त्रणमा लिन शुरु गरेपछि अन्यले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

विद्यालय पोशाकमै विद्यार्थीलाई आन्दोलनमा सहभागी गराइएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।