२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी



फाइल फोटो
अ+ अ-

इस्लामाबाद। पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु भईसकेको छ, जसमा ५३ बालबालिका पनि छन् । यो तथ्य सरकारी राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले सोमबार सार्वजनिक गरेको छ ।

सबैभन्दा धेरै मृत्यु जनसंख्या अधिक रहेको पंजाब प्रान्तमा भएका छन् । राष्ट्रिय मौसम विभागले देशका उत्तरी र पूर्वी क्षेत्रहरूमा अझै भारी वर्षाको चेतावनी जारी गरेको छ । यसले शहरी बाढी, पहिरो र हावाहुरीबाट संरचनागत क्षति हुने सम्भावना छ ।

मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको ७० देखि ८० प्रतिशत भाग पुर्याउँछ । यो वर्षा भारतमा जून सुरुमा र पाकिस्तानमा जून अन्त्यतिर सुरु भएर सेप्टेम्बरसम्म रहन्छ । यसले कृषकहरूको जीवन र खाद्यान्न सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्दछ ।

तर यसले बाढी, पहिरो र भवन भत्काउने घटनाहरू पनि निम्त्याउँछ । विश्व तात्दै गएसँगै मनसुनको स्वरूपमा परिवर्तन हुँदैछ तर यसको प्रभाव कति छ भन्नेमा वैज्ञानिकहरू अझै अनिश्चित छन् ।

पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो । सन् २०२२ मा पाकिस्तानमा आएको भयानक मनसुन बाढीले देशको तीन भाग डुबायो र एक हजार ७०० भन्दा बढी जनाको मृत्यु भयो। केही क्षेत्रहरू अझै पुनर्निर्माणको बाटोमा छन् ।
यस वर्ष मे महिनामा आएको कडा हावाहुरी र ओलाले कम्तीमा ३२ जनाको ज्यान गएको थियो ।(रासस/एएफपी)