२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’



अ+ अ-

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले बालश्रम निवारणका लागि जनस्तरमा व्यापक अभिमुखीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्रालयमा आज ‘राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२’ सार्वजनिक गर्दै उहाँले यसका लागि सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले स्थानीय तहमा रहेका रोजगार संयोजकलाई बालश्रम निवारणमा परिचालित गर्न सकिने बताउनुभयो । आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको प्रतिबद्धताबमोजिम बालश्रमको क्षेत्रमा भएका उपलब्धि समेटी प्रतिवेदन प्रकाशन गर्न सकेकामा खुसी उहाँले खुसी व्यक्त गर्नुभयो ।

मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले विभिन्न मन्त्रालय र सरोकारवाला निकायले बालश्रम निवारणका क्षेत्रमा गरेका प्रयासलाई एकीकृत गरी प्रतिवेदन सार्वजनिक गरिएको स्पष्ट पार्नुभयो । कार्यक्रमका अध्यक्ष एवं सहसचिव डण्डुराज घिमिरेले बालश्रमसँग सम्बन्धित विभिन्न क्रियाकलाप समेटिएको सो प्रतिवेदन यस क्षेत्रको उपलब्धि भएको बताउनुभयो ।

प्रतिवेदनमा पछिल्लो समय बालश्रममा संलग्न बालबालिका, जोखिमपूर्ण काममा संलग्न र कृषि क्षेत्रमा संलग्नको प्रतिशत घटेको उल्लेख छ । हालसम्म मुलुकभरका विभिन्न १० वटा स्थानीय तह बालश्रममुक्त घोषणा भएका छन् । रासस