२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा सर्पको टोकाईबाट शिशुको मृत्यु



अ+ अ-

कृष्णनगर । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो ।

सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो । उपचारका लागि केन्द्रमा लैजाने क्रममा शिशुको बाटोमै मृत्यु भएको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिनुभयो ।

गाउँमा सर्पको आतङ्क बढ्दो भए पनि प्रभावकारी उपचार सेवाको अभावले ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।




भर्खरै