२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छः मन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून व्यवसायीलाई व्यवसायिक शिक्षामा परिपक्व बनाउन लाइसेन्स दिनु भन्दा पहिले मापदण्ड बनाउने कुरा सही रहेको बताउनुभएको छ ।

सिंहदरबारमा बिहीवार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कानूनमन्त्री चौरसियाले यस्तो बताउनुभएको हो । उहाँले कानून व्यवसायी परिषद्भित्र लयर्स एकेडेमी निर्माण गर्नेकुरा राम्रो रहेको पनि बताउनु भयो । एकेडेमीले कानून व्यवसायीलाई लाइसेन्स दिने, अधिवक्ताहरुलाई अझ व्यवस्थित र व्यवहारिक बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानून व्यवसायी परिषद्भित्र एकेडेमी भन्नेकुरा आएको छ । त्यो एकेडेमिले कानून व्यवसायीको लाइसेन्स लिने, अधिवक्ताहरुलाई अझ व्यवस्थित ढंगले र व्यवहारिक कानूनी र व्यवसायिक शिक्षामा परिपक्व बनाउन लाइसेन्स दिनु भन्दा पहिले मापदण्ड बनाउने कुरा आएको छ । यो मलाई लाग्छ ठिक छ । भाषा पछि मिलाउन सकिन्छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद नागिना यादवले युनिभर्सिटीको डिग्रिलाई हामीले अण्डरस्टिमेट गर्न नमिल्ने बताउनु भयो । कानून व्यवसायी बन्नका लागि उसको शैक्षिक योग्यता पुग्छ र एकेडेमिक डिग्रीबाटै उसको योग्यता पुष्टि हुन्छ भने उसलाई त्यसमा बाध्यकारी बनाइनु नहुने बताउनु भयो । संसारमा एकेडेमिक योग्यता पुगिसकेपछि लाइसेन्स लिइरहनुपर्ने बाध्यकारी अवस्था नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युनिभर्सिटीको डिग्रिलाई हामीले अण्डरस्टिमेट गर्न मिल्दैन । यदी उसले मास्टर्स, एलएलबी, एलएलएमबी गरेर आएको छ भने र उसले जति सर्टेन कानून व्यवसायमा जाने क्रेडिट आवर मिट गर्दछ की गर्दैन ? इन्टरनेशनली पनि हेर्दाखेरी अब जस्तै हामी मास्टर्स गर्दछौँ । त्यही सम्बन्धमा म इकोनोमिस्ट हो भने मैले इकोनोमिक्स सेक्टरमा काम गर्नकमो लागि एक्स्ट्र टु इयरको डिग्रि लिनुपर्छ । पिएचडी गर्न दुई वर्षको एमफिल गर्नैपर्छ । जुन कम्पलसरी छ, इकोनोमिक्स सक्जेक्टमा छ । त्यस्तो हो भने । कानून व्यवसाय गर्नलाई अधिवक्ता, लयर बन्नको लागि उसले एउटा लाइसेन्सको प्रभिजन छ, उसले एकेडेमिक डिग्रिबाटै उसले फाइट गर्नसक्छ भने इट्स वके, त्यसमा बाध्यकारी गराउनु हुँदैन । यो संसारमा कहीँ पनि छैन, यो गर्नुपनि हुँदैन ।’

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सुहाङ नेम्वाङले कानून व्यवसायी परीक्षा पास गरिसकेपछि मात्रै बन्ने बताउनु यो । लाइसेन्स लिनुअगावै कुनैपनि हिसावले यो मापदण्ड पूरा नभएको अवस्थामा प्रशिक्षण लिनुपर्ने भन्नेकुरा विधेयकमा नलेखिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘इग्जाम पास गरिसकेपछि मात्रै कानून व्यवसायी हुन्छ । कानून व्यवसायीको लाइसेन्स प्राप्त भइसकेपछि बार काउन्सिलले जुन तरिकाले तालिम दिन्छ तीन दिनको । त्यो तालिम दिन कानून व्यवसायी परिषद्ले पाउँछ भनेर लेखेको हो । लाइसेन्स लिनुअगावै कुनैपनि हिसावले यो मापदण्ड पूरा नभएको अवस्थामा प्रशिक्षण लिनुपर्छ भन्न खोजेको होइन ।’

बिहीवारको समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८२ को सम्बन्धमा दफावार छलफल भएको हो ।




भर्खरै