२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो



फोटो : फाइल
अ+ अ-

तानसेन, (पाल्पा) । पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ ।

स्वास्थ्य कार्यालयले यहाँका १० वटै पालिकामा ३० वर्षभन्दा माथि उमेर समुहका १३ हजार ५३६ जनामा स्क्रिनिङ्ग गरेको थियो । जसमा ७५ प्रतिशत सामान्य रहेकोमा २५ प्रतिशतमा मधुमेहको समस्या, १४ दशमलव ५ प्रतिशतमा सामान्य तौल भएको, २ दशमलव ७ प्रतिशतमा कम तौल भएको, ३४ दशमलव ३ प्रतिशतमा बढी तौल भएका र ४८ दशमलव ५ प्रतिशतमा मोटोपन भएको पाइएको कार्यालयका वरिष्ठ क्षयकुष्ठ रोग फोकल पर्सन विश्वनाथ न्यौपाने बताउनुभयो । उहाँका अनुसार उच्च रक्तचापको अवस्थामा २२ प्रतिशत सामान्य रहेको र ७८ प्रतिशतमा शुरुवाती चरणदेखि उच्च अवस्थामा पुगेको पाइएको छ ।

सबैभन्दा बढी मधुमेहका बिरामी बगनासकाली गाउँपालिकामा देखिएका छन् । फरक–फरक उमेर समूहमा परीक्षण गर्दा कडा प्रकृतिको मधुमेह सबैभन्दा बढी यहाँ ८ प्रतिशत भेटिएको कार्यालयको तथ्याङ्कमा छ । सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ३ दशमलव ३ प्रतिशत  बिरामी रहेका छन् । यस्तै रम्भा गाउँपालिकामा ७ दशमलव ५ प्रतिशत, माथागढी गाउँपालिकामा ६ दशमलव ६ प्रतिशत, रामपुर नगरपालिकामा ६ दशमलव ३ प्रतिशत,  रिब्दीकोट गाउँपालिकामा ४ दशमलव ८ प्रतिशत,  रैनादेवी गाउँपालिका र तानसेन नगरपालिकामा ४ दशमलव ७ प्रतिशत, निस्दी र तिनाउ गाउँपालिकामा ३  दशमलव ५ प्रतिशतमा कडा प्रकृतिको मधुमेह भेटिइएको  फोकल  पर्सन न्यौपानेले बताउनुभयोे  ।  उहाँका अनुसार सबै भन्दा बढी उच्च रक्तचापका बिरामी पनि बगनासकाली गाउँपालिकामै देखिएका छन् ।  यहाँ ८५ प्रतिशत बिरामीमा उच्च रक्तचाप देखिएको  न्यौपानेको भनाइ छ ।

नसर्ने प्रकृतिका रोगहरू बढ्दै गएकोे स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो ।  नागरिकले जीवनशैली, खानपानजस्ता कुरामा ध्यान केन्द्रीत नगर्दा नसर्ने रोगको जोखिम बढ्दै  गएको उहाँको भनाइ छ । यस्ता रोग नियन्त्रणका लागि कार्यालयको सीमित स्रोत र साधानको प्रयोग गरी सचेतना, परीक्षणका कार्यक्रम गर्दै आएको प्रमुख पोखरेलले बताउनुभयो ।

प्रदेश सरकारले पनि नसर्ने रोग बढ्दै गएपछि सबै जिल्लामा परीक्षणको दायरा बढाउदै सचेतनाका कार्यक्रमलाई अगाडि बढाएको छ । स्वास्थ्य सबैभन्दा महत्वपूर्ण र संवेदनशील क्षेत्र भएकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्दै आएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले  बताउनुभयो । उहाँले भन्नुभयो “हामी भाषणमा नभई तथ्याङ्कमा आधारित रहेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने दिशामा लागिरहेका छौँ, केही जिल्लामा नसर्ने रोगको जोखिम बढ्दो छ, हामी त्यसलाई रोक्ने प्रयास गरिरहेका छौँ ।” सार्वजनिक तथ्याड्ढको रिपोर्टलाई आधार बनाएर पालिकाले स्वास्थ्य क्षेत्रमा नीति नियम तथा कार्यक्रम बजेटमा ध्यान दिएमात्र प्रदेश सरकारले गरेको लगानी उपयोगी हुने स्वास्थ्यमन्त्री सारुले बताउनुभयो । रासस