२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा यात्रुबाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, करिब १५० को उद्धार



अ+ अ-

एजेन्सी । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतबार एउटा यात्रुबाहक पानीजहाजमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १५० जनाको उद्धार गरिएको प्रान्तीय खोज तथा उद्धार कार्यालयका वरिष्ठ अधिकारी वेरी अरियान्तोले बताउनुभयो ।

“तीन जनाको मृत्यु भएको छ भने करिब १५० जनालाई सकुशल उद्धार गरिएको छ। उनीहरूलाई सुरक्षाकर्मीको संयुक्त उद्धार टोली र स्थानीय मछुवाहरूको डुङ्गाले उद्धार गरेको थियो,” उहाँले भन्नुभयोे।

अहिले पनि खोजी तथा उद्धार कार्य जारी छ। अरियान्तोका अनुसार दुई पानीजहाज, केही डुङ्गाहरू उद्धारका लागि तैनाथ गरिएको छ।

प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायको आपतकालिन टोलीका प्रमुख डानी रेपीका अनुसार स्थानीय समयअनुसार दिउँसो १:०० बजे सुलाबेसी प्रान्तको राजधानी मनाडोको पानीमा यात्रा गर्ने क्रममा ‘केएम बार्सिलोना फाइभ’ नामक जहाजमा आगलागी भएको हो।

जहाजमा करिब २८० जना सवार रहेको उहाँले बताउनुभयो।