२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभामा हत्या प्रकरणका अभयुक्त २१ वर्षपछि पक्राउ परेका छन् ।

भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका हुन् । हत्यालगत्तै फरार भएका चैनपुर नगरपालिका–९ खाम्लिङका ६२ वर्षीय शम्शेरबहादुर तामाङलाई २१ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

भोजपुरका ३६ वर्षीय तामाङको २०६१ साल चैत २२ गते खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट चैनपुर नगरपालिका–११ सातटारेतर्फ जाँदै गर्दा ३६ वर्षीय विश्वकर्माको हत्या भएको थियो । प्रहरीले सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले ६२ वर्षीय तामाङलाई खाम्लिङस्थित घर नजिकैबाट पक्राउ गरेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार थिए ।

पुनरावेदन अदालत धनकुटाले २०६९ असार १७ गते दुई वर्ष कैद सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा हालसम्म तीन जना पक्राउ परिसकेका छन् । सङ्खुवासभामा गत आर्थिक वर्ष २८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । चालु आर्थिक वर्षको सुरुआतमा एक फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस




भर्खरै