२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शशांकको दाबीः पूर्व-पश्चिम राजमार्गको कल्पना विपीको हो



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोईरालाले गर्नुभएको बताउनुभएको छ ।

विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजा महेन्द्रले राजमार्गको निर्माण गर्नुभएपनि कल्पना विपीको रहेको बताउनु भयो । उहाँले अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति विपी भएको दाबी गर्दै देशको लागि विपीले गर्नुभएको काम जति अरु कसैले पनि गर्न नसकेको बताउनु भयो ।

सांसद कोईरालाले भन्नुभयो, ‘अहिले सुन्दरीजल आउँदा धेरै परिवर्तन भएको महशुस भयो । विपी सम्झिँदा आँशु आउँछ । उहाँले जति देशको लागि गर्नुभयो, मलाई लाग्छ कसैले पनि त्यति गरेको छैन । १२—१४ वर्ष त जेल बस्नुभयो । भारतमा आन्दोलनमा जेल बस्नुभयो । पूर्व—पश्चिम राजमार्गको कल्पना सायद विपीले गर्नुभएको थियो । हुनतः महेन्द्र सरकारले गर्नुभयो । तर कल्पना विपी कोईरालाको थियो ।’

सांसद कोईरालाले विकासका लागि विपी कोईरालाले धेरै काम गर्नुभएको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल