२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक



अ+ अ-

काठमाडौँ । । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

लोगो सावैजनिक गर्दै टोलिले यो लोगो केवल एक ग्राफिक चिह्न मात्र नभई यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने जनाएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबहादुर जिसीले लोगोले मैदानमा टिमको शक्ति मात्रै होइन, गौरव पनि झल्काउने बताए  । ‘लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ । बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ’, जिसीले भने, ‘लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ ।’

नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु. २४९ मा स्थपना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्वहरू समावेश गरिएको छ ।

यस्तै सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गरेको छ । २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाइज टिम उर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार रहेको जनाएको छ । नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति

सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको लुम्बिनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । लुम्बिनीले एनपीएलको दोस्रो संस्करणका लागि ६ खेलाडी रिटेन गरेको छ ।

लुम्बिनीले मार्की खेलाडी रोहित पौडेल, विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमलाई रिटेन गरेको छ । यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, विकाश आग्री र आरिफ खानलाई भने रिलिज गरेको छ ।