२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरफराज खानले २ महिनामा १७ किलो तौल घटाए



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर सरफराज खानले पछिल्लो २ महिनामा १७ किलो तौल घटाएका छन् ।

२७ वर्षीय सरफराजले सोमबार इन्स्टाग्राममा जिममा कसरत गर्दै गरेको फोटो स्टोरी सेयर गरेका छन् । फोटोमा उनी पूर्ण रूपमा स्लिम देखिन्छन् । सरफराजको फोटोलाई धेरै मन पराइएको छ ।

मे २४ मा इङ्गल्याण्ड भ्रमणको लागि घोषणा गरिएको भारतीय क्रिकेट टोलीमा सरफराजले स्थान पाएनन् । यसबारे पूर्व भारतीय स्पिनर हरभजन सिंहले भनेका थिए ‘यो धेरै दुर्भाग्यपूर्ण छ । मलाई विश्वास छ कि उनी बलियो भएर फर्कनेछन् ।’

सरफराजले आफ्नो अन्तिम टेस्ट खेल नोभेम्बर २०२४ मा न्युजिल्याण्ड विरुद्ध खेलेका थिए। उनलाई अष्ट्रेलिया भ्रमणको लागि भारतीय टोलीमा पनि छनोट गरिएको थियो, तर कुनै पनि खेलमा प्लेइङ–११ मा स्थान पाएनन् ।

सरफराजको फिटनेसमाथि सधैं प्रश्न उठाइन्थ्यो । खराब फिटनेस र तौल बढी भएको कारण उनको धेरै आलोचना भयो । त्यसपछि उनले आफ्नो फिटनेसमा ध्यान दिन थाले ।