२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारीको प्रलोभन देखाई नेटवर्किङ ठगी, सुर्खेतबाट ८ जना पक्राउ



अ+ अ-

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा नेटवर्किङ व्यवसायको आवरणमा ठगी गर्दै आएका ८ जना युवा समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरेन्द्रनगर–३ स्थित मुलपानी चोक नजिकै स्काई ड्रिम अन्टरपेनर्स प्रालिको नाममा कार्यालय खोलेर आकर्षक तलब र रोजगारीको प्रलोभनमा युवायुवतीबाट रकम असुल्दै आएको गिरोह सोमबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

पक्राउ पर्नेमा डोटी, दार्चुला, अछाम, कञ्चनपुर र बैतडीका २१ देखि २६ वर्ष उमेर समूहका ५ महिला र ३ पुरुष छन्। गिरफ्तारीमा परेका नरेश बोहोरा, कृष्ण धामी, कमल शाही, वीरेन्द्र शाही, मनिषा सिंह, निर्मला धामी, सुनिता साउद र कमला चिमलाले स्काई ड्रिम अन्टरपेनर्स प्रालिमा व्यवस्थापक तथा कर्मचारीको रूपमा आफूलाई चिनाउँदै ग्लोबल ओरियन्स नेपाल प्रालिमा सीप सिकाएर रोजगारी दिने भन्दै सर्वसाधारणबाट रकम असुलेका थिए।

एक व्यक्तिबाट २० हजार रुपैयाँ उठाइसकेपछि, उनले नयाँ सदस्य भित्र्याएर ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म थप रकम संकलन गर्न लगाएको खुलेको छ।

उनीहरूविरुद्ध ठगीको उजुरी परेपछि प्रहरीले एक साताअघि नै सो कार्यालयमा ताला लगाएको थियो। निगरानीलाई अझ कडाइ गर्दै सोमबार उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार यो समूहले रोजगारीका नाममा देशका विभिन्न ठाउँका युवायुवतीलाई लोभ देखाएर ठगी गर्दै आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।