२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र कुवेत बीच क्रिकेट सहकार्य



अ+ अ-

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच पुरुष तथा महिला क्रिकेट टोलीका लागि वार्षिक दुईपक्षीय श्रृंखला सञ्चालन गर्ने सहमति भएको छ।

सहमतिअनुसार सन् २०२६ देखि प्रत्येक वर्ष महिला र पुरुषतर्फ कम्तीमा तीनवटा टि–२० अन्तर्राष्ट्रिय खेल र अतिरिक्त ५० ओभरका खेलहरू दुवै देशमा पालैपालो आयोजना गरिनेछ।

यस सहकार्यले दुई देशका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने र एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धी क्रिकेटलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।

यता, आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल र कुवेत एउटै समूहमा परेका छन्। आगामी अक्टोबरमा ओमानमा आयोजना हुने उक्त छनोटमा नेपालसहित कुल ९ टोली सहभागी हुनेछन्। शीर्ष तीन टोलीले सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्