२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताउनुभएको छ ।

काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कम्युनिष्ट आन्दोलनबाट लिभरल डेमोक्रेटिक मुभमेण्टतिर भड्किरहेको जिकिर गर्नुभयो । नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा जीवनभरी कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवनर संघर्ष गर्ने व्यक्तित्वको रुपमा पुष्पलाललाई लिनुपर्ने पनि बताउनु भयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवलाई समेत दुई वर्ष नबित्दै षड्यन्त्र गरेर हटाइएको स्मरण गर्दै कम्युनिष्टको जन्मकालमै षड्यन्त्र रहेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेसम्म पनि कम्युनिष्टमा षड्यन्त्र गर्नेकुराको अन्त्य हुन नसकेको बताउनु भयो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा जीवनभरी कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवनर संघर्ष गर्ने व्यक्तित्वको रुपमा पुष्पलाललाई लिनुपर्छ । नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव तर बिडम्वना के छ भने २००६ सालमा कलकतामा उहाँले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । दुई वर्षमै यति धेरै षड्यन्त्रकारीहरु पार्टीमा घुसे । २००८ सालमै पार्टीको महासचिवबाट हटाइयो । भनेपछि षड्यन्त्र त कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै चल्दै आएको रहेछ । जो अहिलेसम्म अन्त्य भएको छैन । नेपालमा कम्युनिष्ट आन्दोलन करिव करिव समाप्त भएको अवस्थामा म देख्छु । कम्युनिष्ट आन्दोलनबाट लिभरल डेमोक्रेटिक मुभमेण्टतिर भड्किरहेको देख्छु ।’

अध्यक्ष यादवले एक समय सत्तापक्षमा, प्रतिपक्षमा र जंगलमा समेत कम्य्ुनिष्ट रहेको टिप्पणी गर्नुभयो ।