२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनपुरधामलाई विवाह केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार जनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वभर देशबाहिरका धार्मिकस्थलहरुमा गएर विवाह गर्ने संस्कृतिको विकास भइरहेको उल्लेख गर्दै राम र सीताको विवाहस्थल समेत रहेको जनपुरधामलाई म्यारिज हवको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि तीन तहको सरकारले समन्वय र सहकार्य गर्नु जरुरी रहेको पनि उहाँको भनाइ छ । उपप्रधानमन्त्री सिंहले नेपालको सांस्कृति एवं धार्मिक पहिचानको संरक्षणका लागि आफ्नो स्थानबाट सबैले सहयोग गर्न जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले विवाह गर्दाखेरी विदेशतिरै गएर गर्ने चलन पनि रहेको छ । यसरी बाहिरबाट आएका जोडिहरुको विवाह गर्नको लागि पुराना पुराना धार्मिक स्थलहरु प्रयोग भएको पनि हामी सुन्दै आएका छौं । यो राम र सिताको विहे भएको थलोलाई विवाह गर्ने एउटा थलोको रुपमा विकसित गर्नको लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्ने कुरामा लाग्नुपर्छ ।’

धार्मिक महत्व बोकेको जनकपुरधामलाई विश्वकै उत्कृष्ट धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्दै अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।




भर्खरै