२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुनासो सुनुवाई संयन्त्र निर्माण र कर्मचारी सरुवा सम्बन्धि मापदण्ड परिमार्जनको लागि मन्त्री न्यौपानको निर्देशन



अ+ अ-

काठमाडौं, साउन ७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना, काज सरुवा सम्बन्धी मापदण्डलाई समयानुकल परिमार्जन गर्न र मन्त्रालयमा कर्मचारीहरुको लागि गुनासो सुनुवाई संयन्त्र निर्माण गर्न मन्त्रालयका अधिकारीलाईहरुलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयका सचिव र सहसचिवहरुसँग मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना तथा काज सरुवा सम्बन्धि कामलाई निश्पक्ष, पारदर्शी तथा बस्तुगत बनाउनकोलागि यस अघि मन्त्रालयले तयार गरेको मापदण्डलाई समयानुकुल परिमार्जन गरि राय सुझाव पेश गर्न निर्देशन दिनु भएको छ ।

उक्त मापदण्ड समयानुकल परिमार्जन गरेपछि मात्रै कर्मचारीहरुको सरुवा सम्बन्धि काम हुने भएकोले जतिसक्दो चाँडो यस सम्बन्धी सुझाव आफुलाई पेश गर्न मन्त्री न्यौपानेले निर्देशन दिनु भएको हो ।

साथै विगतमा बनेका मापदण्ड कार्यान्वयन नभएको हुँदा अव उक्त मापदण्डलाई कडाइका साथ अनिवार्य लागु गरिने मन्त्री न्यौपानेले बताउनु भयो । मन्त्री न्यौपानेले कर्मचारी सरुवालाई पुर्वअनुमानयोग्य बनाउन पनि निर्देशन दिनुभएको छ ।

यसैगरि मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको गुनासो सुुनुवाईको लागि मन्त्रालयमा छुट्टै गुनसाो सुनुवाई संयन्त्र पनि निर्माण गर्ने हुनुभएको छ । आफ्नो सचिवालय अन्तर्गत रहने गरि स्थापना हुने उक्त संयन्त्रमा देशभरका कर्मचारीहरुले आफ्ना गुनासाहरु राख्न सक्ने व्यवस्था मिलाइने मन्त्री न्यौपानेले बताउनु भएको छ ।