२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृत्यु



अ+ अ-

एजेन्सी । युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टामा भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका छन् ।

मार्चदेखि भोकमरी र कुपोषणसँग सम्बन्धित मृत्युको कुल संख्या १०१ पुगेको छ । जसमा ८० बालबालिका पनि समावेश छन् ।इजरायलका लगभग ९५ प्रतिशत डाक्टरहरूको प्रतिनिधित्व गर्ने इजरायली मेडिकल एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै पट्टीमा चिकित्सा उपकरण र आधारभूत मानवीय सहायताको प्रवेशको लागि आह्वान गरेको छ ।

इजरायलले मार्च १८ मा एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेदेखि कम्तिमा ८ हजार २ सय ६८ प्यालेस्टिनीहरू मारिएका छन् । ३० हजार ४ सय ७० जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५९ हजार १ सय ६ पुगेको छ । घाइतेहरूको संख्या १ लाख ४२ लाख ५ सय ११ पुगेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।