२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा पास लिएर क्यासिनो शैलीमा होटेलभित्रै जुवा, नौ व्यापारी पक्राउ



अ+ अ-

लकडाउनको समयमा क्यासिनो शैलीमा होटेलमा जुवा खेलिरहेका नौ व्यापारी पक्राउ परेका छन् । कमलादीस्थित गगौंर बुटिक होटेलबाट सोमबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

होटेल सञ्चालक भारतीय निक्की जोगाईसहितलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको  महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहालले बताए । उनका अनुसार पक्राउ पर्नेहरूमा नन्दकिशोर शर्मा, पुरुषोत्तमकुमार अग्रवाल, विमल खेतान, विमल अहोजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, गोविन्दराम सरिया र अशोककुमार अग्रवाल छन् । 

उनीसँग दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स बरामद भएको छ । उनीहरूले तास खेलिरहेको चिप्समार्फत हिसाब गरेकाले ठूलो परिमाणमा हारजित भएको प्रहरी अनुमान छ ।

डिएसपी दाहाल भन्छन्, ‘क्यासिनोकै शैलीमा जुवा खेलेको देखिन्छ ।’ उनीहरूमध्ये एकजनासँग लकडाउनमा गाडी चलाउने पाससमेत फेला परेको डिएसपी दाहालले बताए ।  होटेल सञ्चालक निक्कीले लकडाउनमा पनि होटेलमा जुवा खेलाउँदै आएको खुलेको छ । नयाँ पत्रिका दैनिक