२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित रेस्लर हल्कको निधन



अ+ अ-

काठमाडौँ । विश्वप्रसिद्ध रेस्लर हल्क होगनको हृदयघातका कारण निधन भएको छ । डब्लूडब्लूईले एक विज्ञप्ति जारी गर्दै उनको ७१ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ ।

वास्तविक नाम टेरी बोलिया रहेका होगनले सन् १९७७ बाट रेस्लिङ यात्रा सुरु गरेका थिए । सन् १९८० र ९० को दशकमा उनी चर्चित बने ।

सन् १९७९ मा वल्र्ड रेस्लिङ फेडेरेसन अर्थात् हालको डब्लूडब्लूईमा आबद्ध भएपछि उनी ‘हल्क होगन’को रूपमा दुनियाँभर परिचित बने । ५० वर्षको उमेरसम्म रिङमा सक्रिय रहेका होगनले टेलिभिजन र सिनेमामा समेत अभिनय गरे ।

उनले ६ पटक डब्लूडब्लूई वर्ल्ड हेभीवेट च्याम्पियनसिप जितेका थिए ।

रेसलिङबाहेक चलचित्र र टिभी कार्यक्रममा पनि अभिनय गरेका होगन डब्लूडब्लूईको ‘होल अफ फेम’ मा नाम समावेश गरिएका सम्मानित रेसलर पनि हुन् ।