२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीविरुद्ध आन्दोलन गर्ने दस वाम पार्टीको चेतावनी



अ+ अ-

काठमाडौँ । विभिन्न १० वामपन्थी पार्टीले एमसीसी खारेजीको माग गर्दै देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् । यी दलले सोमबार निकालेको संयुक्त विज्ञप्तिमा एमसीसी पारित भएमा त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्नुका साथै नेपालको असंलग्न परराष्ट्र नीतिसमेत समाप्त हुने दावी गरिएको छ । एमसीसी पास भए नेपाल अमेरिकाको सैन्य रणनीतिको अंग बन्न भन्दै उनीहरुले एमसीसी इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम होइन भन्ने नेपाल सरकारको दावी निराधार र हास्यास्पद भएको बताएका छन् । एमसीसी नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा बृहत्तर राष्ट्रिय हितविरुद्ध भएको ठहर गर्दै त्यसलाई खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

‘एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो । त्यो कुरालाई स्वयं अमेरिकाका विभिन्न सुरक्षा निकाय, मन्त्री तथा काठमाडौंस्थित अमेरिकी दूतावासले पनि सार्वजनिक रूपमा नै स्वीकार गरिसकेका छन् । त्यो अवस्थामा उक्त एमसीसी इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम होइन भन्ने नेपाल सरकारको दावी निराधार र हास्यास्पद छ । एमसीसीको उद्देश्य हिन्द प्रशान्त क्षेत्रका सबै देशहरूलाई आफ्नो सैन्य रणनीतिका पक्षमा लैजाने र चीनविरुद्धको मोर्चाबन्दीमा ती सबै देशहरूलाई सामेल गर्ने हो,’उनीहरुले विज्ञप्तीमा भनेका छन्, 'उक्त एमसीसी पारित भएमा त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्नुका साथै नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र हाम्रो देश अमेरिकाको सैन्य रणनीतिको अंग बन्न पुग्नेछ ।'

विज्ञप्ति निकाल्नेमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र, सुभासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जनजागरण परिषद र केदारचन्द्र शर्मा नेतृत्वको नेकपा संयुक्त छन् । यस्तै नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक लोकनारायण सुवेदीले पनि यसमा हस्ताक्षर गरेका छन् । (कान्तिपुरमा समाचार छ)