१६ असार २०८३, मंगलवार
,
Latest
बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधु पोखरीलाई पर्यटकीय गन्तव्य क्षेत्र बनाउन थालियो



अ+ अ-

भद्रपुर ।  विर्तामोड १० स्थित महाभारतकालीन इतिहास बोकेको मधु पोखरीलाई पर्यटकको गन्तव्य स्थल बनाउन तीव्र गतिमा काम थालिएको छ ।

पौराणिक महत्व बोकेर पनि पर्यटकीय आकर्षण बन्न नसकेको विराट राजाको शासनमा निर्माण भएको सो पोखरी पुर्वाधार लगायत कारणले पर्यटकको गन्तव्य स्थल बन्न नसकेपछि स्तरोन्नतिको काम तीव्र पारिएको हो । प्रदेश संसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरेका छन् ।

प्रदेश नम्बर १ अन्र्तगत पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रप्त २० लाख रूपैयामा पहिलो चरणमा पोखरी सफा गर्ने तथा घेरावाराको काम भइरहेको छ ।

पर्यटकीय क्षेत्र विकासका लागि पोखरी सरसफाई तथा घेरावाराको काम भइरहेको निर्माण समितिका अध्यक्ष छविराम आचार्यले जानकारी दिएका छन् । आचार्यका अनुसार पोखरी भित्र जमेको हिलो तथा झार हटाउने र १४० मिटर घेरावारा गर्ने काम अन्तिम चरणमा पुगेको छ । पोखरी विकासका लागि अन्य धेरैकाम बाँकी रहेकाले वजेट अभाव भएको गुनासो अध्यक्ष आचार्यको रहेको छ ।

यसै बीच प्रदेश संसद ओमप्रकाश सरावगीले सो पोखरीलाई पर्यटकीय आकर्षण केन्द्र बनाउन भइरहेको काम बारे स्थलगत अनुगमन गरेका छन् । संसद सरावगीले गुरू योजना अनुरूप पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न आगामी वर्ष थप वजेट प्रबन्धका लागि पहल गर्ने निर्माण समितिलाई प्रतिबद्धता जनाएका छन् । 

द्ध ब्ततबअजmभलतक