२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशियन च्याम्पियनसिप खेल्ने पारा तेक्वान्दो खेलाडीको बिदाइ



अ+ अ-

काठमाडौँ । मलेसियामा हुने दशौं पारा तेक्वान्दो च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपाली टोलीलाई काठमाडौँ जिल्ला तेक्वान्दो संघले बिदाइ गरेको छ ।

मलेसियाको सारवाक सहरमा आगामी अगस्ट १ मा हुने च्याम्पियनसिपमा नेपालका पाँच जना पारा तेक्वान्दो खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले ठमेलमा शनिवार आयोजना भएको कार्यक्रममा नेपाली खेलाडीलाई बिदाई गरिएको हो ।

नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी, उपाध्यक्ष सुनिता सिंह, नेपाल तेक्वान्दो संघ काठमाडौँ जिल्लाका विक्रम खड्गी र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङलगायतले नेपाली टोलीलाई बिदाई गरेका हुन् । सोही अवसरमा प्रमुख अतिथि तथा सिद्धार्थ वनस्थलीका प्रिन्सिपलसमेत रहेका रूपक राजवंशीले पारा तेक्वान्दो खेलाडीका लागि प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने उल्लेख गर्दै खेलकुद क्षेत्रमा जोडिन पाउँदा धेरै खुसी मिल्ने बताए ।

साथै उनले आगामी दिनमा पनि पारा तेक्वान्दोलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । काठमाडौँ जिल्ला काठमाडौँ संघका अध्यक्ष विक्रम खड्गीले खेलाडीको प्रोत्साहनका लागि यो कार्यक्रममा आयोजना गरेको उल्लेख गर्दै उनीहरूलाई सहयोग गर्नका लागि जिल्ला तेक्वान्दो संघ सदैव तयार रहेको विश्वास व्यक्त गरे ।

सोही अवसरमा लायन्स क्लब अफ तेक्वान्दो काठमाडौँ नेपाल, लायन्स क्लब अफ काठमाडौं मेरीगोल्ड र तेक्वान्दोका पूर्वखेलाडी सुमी परियारले ६ खेलाडी, टोलीका कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ट्रयाकसुट प्रदान गरेको थियो । नेपाली टोली आगामी साउन १३ गते त्यसतर्फ प्रस्थान गर्दै छ । नेपाली टोलीको प्रशिक्षकमा कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ छन् । उक्त च्याम्पियनसिपमा पेरिस पारालम्पिककी कांस्य पदक विजेता पलेसा गोवर्धन, अमिर ब्लोन, कामना प्रसाईं, रेनु तामाङ र मरत सिंह महताले प्रतिष्पर्धा गर्दैछन् ।

के–४४ विधाअन्तर्गत पलेसाले ५७ केजी मुनि, अमिरले ६३ केजीमुनि, रेनु र कामनाले ४७ केजीमुनि तथा भरतले ५८ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् ।
प्रशिक्षक नेगी लामाले झन्डै दुई महिनादेखि प्रशिक्षण  गरिरहेको र तयारी राम्रो भएकाले जित्ने आशा व्यक्त गरे । साथै उनले यो च्याम्पियनसिप वरीयता सुधार गर्न महत्वपूर्ण हुने पनि उल्लेख गरेका छन् । नेपालले सन् २०१४ देखि एसियन च्याम्पियनसिपमा नियमित प्रतिष्पर्धा गर्दै आएको छ । हालसम्म नेपालले एशियन च्याम्पियनसिपमा एक रजत र पाँच काँस्य पदन जितेको छ । प्रशिक्षक नेगीले सन् २०१७ देखि टोली सम्हाल्दै आएका छन् ।