२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो



अ+ अ-

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दो क्रममा छ । कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको हो ।

सुर्खेत र जुम्ला प्रयोगशालामा शनिवार गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको जन स्वास्थ्य महाशाखाका अनुसार जुम्लामा गरिएको परीक्षणमा दैलेखका १५ जना, कालीकोटका १७ जना र बाजुराका १ जना गरि ३३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा सल्यानमा २५ जना र सुर्खेतमा १ गरि जम्मा २६ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। यो संगै कर्णालीमा संक्रमितको संख्या १०५ पुगेको छ भने एक जनाको मृत्पुु भएको छ। पछिल्लो संक्रमणपछि कर्णालीका २ जिल्ला सल्यान र कालीकोटमा कोरोना संक्रमण फैलिएको छ । यसअघि सुर्खेन र दैलेखमा संक्रमण देखिएको थियो । राजधानी दैनिक