३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मविरूद्ध मन्त्री र नेताहरूले प्रपञ्च गरे, राजीनामा दिन्नँ–मुख्यमन्त्री तामाङ



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताको हैसियत गुमाएका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले आफूविरूद्ध मन्त्रीहरू र नेताहरूले प्रपञ्च गरेको आरोप लगाएका छन् ।

आफूले सहमतिमै लैजाने प्रयास गरे पनि मन्त्रीहरू र नेताहरूले भित्रभित्र प्रपञ्च गरेको उनले बताए ।

मंगलबार हेटौंडामा बसेको संसदीय दल बैठकमा दल नेता तामाङका पक्ष र विपक्षमा रहेका सांसदहरूको मतविभाजन गरिएको थियो ।

लामाका पक्षमा १५ जनाले मात्रै मत दिए भने सांसद ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना उभिए । बागमतीमा कांग्रेसका ३७ जना सांसद छन् ।

बागमती कांग्रेसमा अहिले संसदीय दल नेता रिक्त भएको अवस्था छ भने त्यसका लागि भोलि निर्वाचन हुनेछ ।

दल नेताको हैसियत गुमाएका मुख्यमन्त्री तामाङले पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्रीबाट राजीनामा नदिने प्रस्ट पारे ।

‘मुख्यमन्त्री हुन दल नेता हुनुपर्छ भन्ने कानुनी व्यवस्था छैन । अहिले दल नेता रिक्त भएको अवस्था छ, मुख्यमन्त्रीबाट भने म राजीनामा दिन्नँ ।’ उनले भने ।

संसदीय दल र सरकार फरक विषय भएको बताउँदै दल नेता नहुँदैमा मुख्यमन्त्रीबाट हटाउन सक्ने व्यवस्था नरहेको उनले बताए ।

आफूमाथि विभिन्न आरोप लगाइएको भन्दै असन्तुष्टि जनाउँदै यसबाट कांग्रेसलाई नै फाइदा नपुग्ने बताए ।

उनले गठबन्धन सरकार रहेको र मुख्यमन्त्री हुन दल नेता हुन आवश्यक नरहेको दोहोर्याए ।