३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा, स्वास्थ्य र मानव सूचकाङ्कमा सरकारले गरेको प्रगतिको कारण विकासशील राष्ट्रमा स्तरोन्नति सम्भवः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि गरिएको मूल्याङ्कनमा देशको आर्थिक वृद्धिदर, मानव विकास सूचकाङ्क र शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार निर्णायक भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा एलडिसी ग्रेजुएशनसम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले कोरोना महामारीको असरका बाबजुद नेपालको अर्थतन्त्र नकारात्मक दिशामा नजानु एक महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । उहाँले कोरोना महामारीपछिको सरकारको मेहेनत र कदमले पुनःस्थापना क्षमताले नेपाललाई एलडिसीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि उपयुक्त देश बनाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘७ प्रतिशतको आर्थिक वृद्धिदर, मानव सूचकाङ्कको तिव्र विकास, शिक्षा, स्वास्थ्यको तिव्र विकास भएको कारण एलडिसी ग्रयाजुएसनको मुल्याङ्कन भएको थियो । तर मुल्याङ्कन भएको सन् २०२० र २०२१ मा कोरोना भाइरसले विश्वलाई नै अत्यन्तै नराम्ररी प्रभावित गरेको थियो । र विश्वको अर्थतन्त्र नकारात्मकमा गएको थियो । त्यतिबेला नेपाल पनि न्यून नकारात्मक अवस्थामा पुगेको थियो । आर्थिक वृद्धिदर शून्य भएपनि नेपालको अर्थतन्त्र नकारात्मक दिशामा गएन । नेपालको त्यो प्रतिरोध क्षमतालाई हेरेर र त्यसभन्दा अगाडि वृद्धि गर्दै गरेको आर्थिक वृद्धिदर हेरेर नै यो मूल्याङ्कन भएको थियो । जे होस् आज हामी एलडिसीबाट विकासशील मुलुकमा रुपान्तरित हुँदैछौं ।’

प्रधानमन्त्री ओलीले सन् २०२६ मा विकासशील राष्ट्रमा उस्तरोन्नति हुँदासम्म कुनैपनि मापदण्डहरु बाँकी नराख्ने समेत बताउनु भयो । उहाँले अध्ययन प्रतिवेदनले सुझावका आधारमा सरकार अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएको भए अहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन सकेको छैन । प्रतिव्यक्ति कूल राष्ट्रिय आय, मानव सम्पती सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कका शर्तहरू पूरा गरेपछि स्तरोन्नति हुने विश्वव्यापी मान्यता छ । यी शर्तहरूमध्ये संयुक्त राष्ट्र सङ्घले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पती सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क पूरा गरेको भए अहिलेसम्म विभिन्न कारणले स्तरोन्नति हुन सकेको छैन ।