२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुङमतीका एक व्यक्तिकाे काेराेनाबाट मृत्यु भएकाे आशंका



अ+ अ-

काठमाडाैंः ललितपुरमा कोरोनाका कारण एक व्यक्तिको मृत्यु भएकाे आशंका गरिएकाे छ ।

ललितपुरको किस्ट अस्पतालमा उपचारार्थ भर्ना भएका ती व्यक्तिकाे कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको ललितपुरका जनस्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनी ५६ वर्षका थिए । कलेजो संक्रमणका बिरामी ती पुरुष गत जेठ १२ गते किस्ट अस्पताल भर्ना भएका थिए। उनको घर ललितपुर महानगरपालिका २२, बुङ्‌मतिमा थियो ।

किस्ट अस्पतालमा भर्ना भएका उनको काेराेना आशंकामा स्वाब संकलन गरि परीक्षणका लागि टेकु पुर्‍याइएको थियो । टेकुबाट आएको रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको बताइएकाे छ ।

यद्यपी यस घटनाकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

नेपालमा यसअघि काेराेना संक्रमणबाट चार जनाकाे मृत्यु भइसकेकाे छ । मृत्यु भएकाहरूमा सिन्धुपाल्चाेक, पर्सा, पाल्पा र बाँकेका एकएक जना छन् ।