२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी



अ+ अ-

तनहुँ। यहाँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ ।

विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आज आगो लागेको र त्यसबाट आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

आज दिउँसो क्यान्टिनमा खाजा खाने समयमा भण्डार कोठाको झ्यालबाट धुँवा देखिएपछि शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीको सहकार्यमा अग्निनियन्त्रक प्रयोग गरी आगो निभाइएको उहाँले बताउनुभयो । रासस