२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश किन बनेन ? समीक्षा हुनुपर्छः अध्यक्ष महतो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान र व्यवस्था परिवर्तन गर्दा पनि जनताको अवस्थामा परिवर्तन हुन नसकेकोबारे समीक्षा हुनुपर्ने बताउनुभएको छ ।

आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देश विधि, व्यवस्था, शासन र संविधानबाट बन्ने भन्दै नेपालमा विधि, व्यवस्था, शासन र संविधान भएपनि बन्न नसकेको बताउनु भयो । उहाँले ७० वर्षमा सात वटा संविधान निर्माण भएपनि देश अझै बन्न नसक्नुबारे समीक्षा जरुरी रहेको बताउनु भयो । नेपाल किन बनेन भनेर देशभर नै छलफल हुनु जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विधि र व्यवस्थाबाट देश बन्छ । शासन र संविधानले देश बनाउँछ । तर नेपालमा के विधि, व्यवस्था, शासन र संविधान छैन त ? तर यो हेर्दादेरी नेपालमा संविधान बनाउने कुरामा सातौँ हो । सात वटा संविधान बनाएका हौँ । ७० वर्षमा सात संविधान बनायौँ । व्यवस्था परिवर्तन भएको छ । राणातन्त्रबाट गणतन्त्रमा पुग्यौँ । पटक पटक संविधान र व्यवस्था परिवर्तन भयो । तर नेपाली जनताको अवस्था परिवर्तन भएन । संविधान, व्यवस्था फेरेकै हो । तर अवस्था किन फेरिएन, किन नेपाल बनेन ? यो सवाल महत्वपूर्ण छ । यसमा छलफल गर्नुपर्छ । ’

उहाँले नेपाल बनाउन नसकेको कुरा सबैले गर्ने गरेको तर नेपाल कसरी बनाउने भनेर कसैले भन्न नसकेको बताउनु भयो ।