२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमामा लाउडस्पीकरहरू हटाउन थाल्यो



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाको सेनाले सोमबार प्रजातान्त्रिक जन गणतन्त्र कोरियासँगको सीमामा जडान गरिएका प्रचार लाउडस्पीकरहरू हटाउन शुरु गरेको छ ।

सियोलको रक्षा मन्त्रालयले यसबारे जनाएको हो । सेनाको तयारी मुद्रामा कुनै प्रभाव नपारी दुई पक्ष बीचको तनाव कम गर्न मद्दत गर्न लिइएको व्यावहारिक उपाय भएको बताएको छ ।

अन्तर–कोरियाली सम्बन्ध र कोरियाली प्रायद्वीपमा शान्ति पुनस्र्थापित गर्न जुन ११ मा उत्तर कोरिया विरोधी लाउडस्पीकर प्रसारणहरू निलम्वन गरिएको थियो ।

पूर्वराष्ट्रपति युन सुक–योलको नेतृत्वमा रहेको सरकारले जुन २०२४ मा उत्तर कोरियामा लाउडस्पीकर प्रशारण पुनः शुरु गरेको छ ।