हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।
सोमबार लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
स्वकीय सचिव लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् ।
बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा उपचारपछि सोमबार हेटौँडा फर्केका छन् । मुख्यमन्त्रीको राजीनामा पत्र प्राप्तपछि अब नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्ने भएको छ ।












