२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महिनामा चार हात्तीले जन्माए छावा



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका चार हात्तीले छावा जन्माएका छन् । विसं २०८१ चैतदेखि यता ती हात्तीले छावा जन्माएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार विसं २०८१ चैत ८ गते रिमझिम कलीले दीपगज, विसं २०८२ असार २८ गते लोकतन्त्रकलीले बेदगज, असार ३० गते तीर्थमानकलीले बिभ्रकली र साउन ७ गते तमोरकलीले रामप्रितगज जन्माएका हुन् ।

निकुञ्जले सञ्चालन गरेको हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीले छावा जन्माएका हुन् । हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउने गर्दछ । खोरसोरमा अब चितवनकली गर्भवती रहेको उहाँले जानकारी दिनुभयो । चितवनकलीले अबको दुई तीन महिनामा छावा जन्माउने उहाँले बताउनुभयो ।

अहिले खोरसोरमा रहेका छ वटा छावालाई तालिम दिइएको छ भने सात वटालाई तालिम दिन बाँकी रहेका छन् । अहिले निकुञ्जका विभिन्न स्थानमा गरी ५८ वटा हात्ती रहेका छन् । हात्तीले बच्चा जन्माउन लामो समय लाग्ने भएकाले जन्मिएका छावालाई विशेष रूपमा हेर्ने गरिएको छ । छावाको न्वारन विधिपूर्वक गरिने गरिन्छ ।

प्रजनन केन्द्रमा हुर्किएर तालिम दिएपछि हात्तीलाई निकुञ्जका विभिन्न सुरक्षापोष्टमा पठाउने गरिन्छ ।




भर्खरै