२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापी पेशाकर्मी समाजको स्थापना दिवसमा ब्याटमिन्टन प्रतियोगिता हुँदै



अ+ अ-

सुर्खेत। मध्यपश्चिम नापी पेशाकर्मी समाजको १६औं स्थापना दिवसको अवसरमा ब्याटमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । यही साउन २२ गतेदेखि सुरु हुने प्रतियोगिता जिल्ला ब्याटमिन्टन संघको कभर्ड हल, सुर्खेतमा सञ्चालन गरिनेछ ।

समाजका अध्यक्ष लोकप्रसाद धमालाका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नापी पेशाकर्मीहरूबीच आपसी एकता, भाइचारा तथा साझा हितको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । देशभरका नापी पेशाकर्मीहरूको सहभागिता रहने प्रतियोगितामा भेट्रान, सिनियर र जुनियर गरी तीन विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।

भेट्रानतर्फ प्रथम हुने टोलीले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सिनियर र जुनियर समूहका विजेताहरूलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

धमालाका अनुसार प्रतियोगिताका लागि हालसम्म ५० टिमले नाम दर्ता गराइसकेका छन् । प्रतियोगिताको उद्घाटन समारोह साउन २२ गते दिउँसो १ बजे वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगिता साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।