२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा बसको ठक्करबाट ६८ वर्षीय पुरुषको मृत्यु, सडक अवरुद्ध



अ+ अ-

राजविराज। सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा आज बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले साइकलमा सवार ६८ वर्षीय बुदुर चौधरीलाई ठक्कर दिँदा उनी घटनास्थलमै निधन भएका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार, चौधरी आफ्नो धानखेततर्फ जाँदै थिए जहाँ बसले ठक्कर दिएको थियो। घटनापछि बस र चालक इलाका प्रहरीको नियन्त्रणमा राखिएको छ।

ठक्करप्रति आक्रोशित स्थानीय बासिन्दा र मृतकका आफन्तले चाँदनी चोकमा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरेर प्रदर्शन गरेका छन्।




भर्खरै