२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुग्यो



अ+ अ-

काठमाडौं । बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । बिहीबार थप ९ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेको हो ।

रुपन्देहीका २७ वर्षिय पुरुष र झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बिहीबार टेकुमा उपचाररत ४ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २३ र २५ वर्षिया महिला तथा २७ र ३७ वर्षिय पुरुष ९ औं दिनमा डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा उपचार पछि निको भएर घर फर्किने संक्रमितको संख्या ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट मात्रै ३ हजार ४ सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय २३ जनाको परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ जनाको नमुना परीक्षण गरिएको छ । आरडिटी विधिबाट

७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रदेश नम्बर १ मा ९ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ६ हजार २ सय ७९, बागमती प्रदेशमा १७ हजार ४ सय ४९ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नम्बर ५ मा १० हजार ५ सय ६२, कर्णाली प्रदेशमा ७ हजार ६ सय ६५ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ४ सय ८५ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिले देशभरीका क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् ।