२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइएः सूर्य थापा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताउनुभएको छ ।

अर्थ समितिमा सोमवार वैकल्पिक विकास वित्तसम्बन्धिको विधेयकमाथिको छलफलमा उहाँले देखाउनका लागि बनाइएका कोषहरुको अर्थ नरहेको बताउनुभएको हो ।

उहाँले वैकल्पिक वित्त कोष पनि त्यसैको नमूना हुनसक्ने जोखिम रहेको बताउनु भयो । सांसद थापाले वैकल्पिक पुँजी संरचना बनाएर मात्रै कोषलाई परिचालन गर्नुपर्ने बताउनु भयो ।

सांसद् थापाले भन्नुभयो– ‘सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएका छन् । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि कोषको पुँजी संरचना के आधारमा बनाइयो, यसको लजिक चाहियो । वैकल्पिक वित्त कोष भनेर नाम दिने तर अहिलेको पुँजी संरचनाले वैकल्पिक भन्ने देखाउन्न ।’

सांसद थापाले स्रोतको खोजी गर्दा बढिमा कतिसम्मको खोजी गरिरहेका छौं भन्नेमा पनि कानून बनाउँदा स्पष्ट हुन जरुरी रहेको बताउनु भयो ।