२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने थुनामै रहने आदेश



अ+ अ-

बुटवल। रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने आदेश जारी गरेको छ।

न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासबाट आएको आदेशपछि लामिछाने बुटवलस्थित सुप्रीम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमै रहने छन्।

गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका लामिछानेले आफू ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गराउने सुनिश्चितता दिन तयार रहेको बताएका थिए।

यसका लागि उनले साउन १९ गते २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतसहित रिहाइको माग गर्दै निवेदन दिएका थिए।तर अदालतले उक्त निवेदन अस्वीकार गर्दै उच्च अदालत र सर्वोच्च अदालतको अघिल्लो आदेशलाई कायम राखेको हो।