२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढेको छः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीसँग रासयनिक मलको अभावबारे भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रासयनिक मलको बारेमा पछिल्ला दिनमा केही समस्या आइरहेको भन्नेबारेमा छलफल भएको जानकारी दिनुभयो । मलको समस्या कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्ने बारेमा प्रधानमन्त्रीले चासो राख्नुभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘रासयनिक मलका सन्दर्भमा छलफल भयो । छलफलको निष्कर्ष आज निस्किन सकेन । हामी तीन दिनमा फेरि बस्ने शुक्रवार बस्ने भन्ने सहमतिका साथ बाहिरिएका छौँ । तीन दिनपछि बसौँ र एउटा निष्कर्षमा पुगौँ भन्नुभयो । मलमा जुन समस्या आएका छन्, ठूलो समस्या त छैनन् तर कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्ने विषयमा छलफल भयो । फर्टिलाइजरका विषयमा आगामी दिनमा समस्या नआउने गरी निष्कर्षमा पुग्दैछौँ ।’

मधेस प्रदेशमा पनि ८० प्रतिशत भन्दा बढी रोपाईं भइसकेको बताउनु भयो । अब मलखादको समस्या नहोस् भनेर सरकार लागिपरेको बताउनु भयो ।