२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा युवा संगठनको अधिवेशन बिथोलिएपछि राणा पक्षद्वारा समानान्तर कमिटी घोषणा



अ+ अ-

काठमाडौं । राप्रपा युवा संगठनको काठमाडौं अधिवेशन बिथोलिएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् ।

चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणा निकट दुई पक्षबीच हात हालाहाल भएको थियो । अधिवेशनमा तनावको अवस्था उत्पन्न भएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए ।

अध्यक्ष कार्यक्रमस्थल छोडेर हिँडिसकेपछि असन्तुष्ट पक्षले अस्वीकार गर्दै ज्योति लामाको अध्यक्षतामा स्वत नयाँ समिति निर्वाचित भएको घोषणा गरेको हो।

काठमाडौं अधिवशेनका लागि गठन गरेको निर्वाचन समिति विधिसम्मत नभएको र एकलौटी बनाएको भन्दै असन्तुष्ट पक्षले विरोध गर्दै आएका छन् ।