२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखामा चक्कु प्रहार गर्ने आरोपी काठमाडौँबाट पक्राउ



अ+ अ-

सुर्खेत। सुर्खेतमा युवकको आँखामा धारिलो चक्कु प्रहार गरेर फरार भएका अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार, ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दामा फरार रहेका जुम्ला निवासी नवराज रावतलाई काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा लुकिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।

प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले बताए अनुसार, साउन ९ गते राति करिब १२ बजे वीरेन्द्रनगर नगरपालिका–६ बसपार्कको माथिल्लो गेटमा २२ वर्षीय ललित परियारमाथि धारिलो चक्कुले आँखामा प्रहार गरिएको थियो। आक्रमणपछि रावत घटनास्थलबाट फरार भएका थिए भने परियार गम्भीर घाइते भएका थिए।

निरन्तर खोजीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका रावतलाई बुधबार जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उपस्थित गराई आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान अघि बढाइएको डीएसपी बुढ्थापाले जानकारी दिएका छन्।