२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलबाट ११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले ठमेलबाट ११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको हेनान प्रदेश घर भएका ४६ वर्षीय लिउ जिङताओ र २३ वर्षीय लिउ स्याओस्वाई रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलस्थित जेपी मोडमा रहेको चिनियाँ होटलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ११५ केजी बुद्धचित्तको दाना र १२ लाख ७० हजार नगद समेत बरामद गरेको छ ।

काठमाडौँमा पर्यटक भिसामा आएका उनीहरु बाबुछोरा रहेका प्रहरी स्रोतले जनाएको छ । उनीहरूले अवैध तरिकाले बुद्धचित्तको दाना सङ्कलन गर्ने गरेको पाईएको छ । उनीहरूमाथि थप अनुसन्धान भईरहेको छ ।

 




भर्खरै