२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार उमेश राउतको कृष्ण भजन ‘वंशी बजाइदेऊ’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । पत्रकार उमेश राउतको सङ्गीत र स्वरमा ‘वंशी बजाइदेऊ’ कृष्ण भजन सार्वजनिक भएको छ । भगवान् श्रीकृष्णको भक्तिभावमा आधारित उक्त भजन ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

सो भजनमा निरज सापकोटाको शब्द र पुरुषोत्तम सुवेदीले सङ्गीत संयोजन गर्नुभएको हो । ‘वंशी बजाइदेऊ कृष्ण वंशी बजाइदेऊ, परमधाम जाने हाम्लाई बाटो देखाइदेऊ’ भन्ने बोलले सुरु हुने यो भजनले मानव जीवनको कर्म, धर्म र भक्तिको महत्त्वलाई उजागर गरेको छ ।

कृष्णप्रतिको अखण्ड प्रेम, जीवनको सच्चा उद्देश्य, लोभ र मोह त्यागको सन्देश बोकेको भजनमा दीनदु:खीको सेवा, संसारको मोहबाट मुक्ति र श्रीकृष्णको भक्तिमा लीन हुने भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको पत्रकार राउतले जानकारी दिनुभयो ।

विशेषगरी, ‘मखन चोर्ने, घैला फोर्ने’ कृष्णको बाललीला र द्रौपदीको लाज बचाउने श्रीकृष्णका लीलाहरू समेटेर भजन तयार गरिएको छ । यही साउन ३१ गते पर्ने श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ पारेर उक्त भजन सार्वजनिक गरिएको हो । रासस




भर्खरै