२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रवलीकरण गर्न सकिने



अ+ अ-

काठमाडौँ। जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रवलीकरण सम्बन्धमा विस्तृत क्षति आकलन गरिएको छ । आकलन गरिएका ७७ हजार ८५२ घरमध्ये चार प्रतिशत अर्थात् तीन हजार ३३९ घर प्रवलीकरण गर्न सकिने वर्गमा परेका छन् ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रवलीकरण सम्बन्धमा जाजरकोट र रुकुमपश्चिमका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विषय विज्ञहरूसहित सरोकारवालासँग आज काठमाडौँमा छलफल भएको थियो ।

निजी आवासका विस्तृत क्षति आकलनबाट प्राप्त तथ्याङ्कका आधारमा प्रवलीकरणको प्राविधिक पक्षका बारेमा छलफल गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा विज्ञहरू प्रा जीवराज पोखरेल, डा प्रेमनाथ मास्के, डा रमेश गुरागाईँ, डा हरिराम पराजुली, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक क्षितिजचरण श्रेष्ठले ढुङ्गा माटोका घरहरूको प्रवलीकरण गर्ने विधि एवं नेपालमा प्रवलीकरणको अनुभवबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन)का उपनिर्देशक अविनाश श्रीवास्तवले प्रवलीकरणका विद्यमान नीति तथा कार्यविधिबारे जानकारी दिनुभयो ।

त्यसैगरी, जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विस्तृत क्षति आकलनमा छुटेकाहरूलाई पनि समावेश गर्नुपर्ने सुझाव दिनुभएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव ई अर्जुनकुमार बमले विस्तृत क्षति आकलनका नतिजाका बारेमा जानकारी दिनुभएको थियो । रासस




भर्खरै