काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालसहितको टोली भारत गएको छ ।
प्रवासी नेपालीहरुको एउटा कार्यक्रममा सहभागी हुन अर्याल नेतृत्वको टोली भारतको हैदरावाद गएको हो ।
अर्यालसँगै प्रमुख सचेतक सन्तोष परियार र कोषाध्यक्ष लिमा अधिकारी पनि सहभागी छन् ।
यता रास्वपा रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय राजनीतिक दुई दिने प्रशिक्षण कार्यक्रम जारी छ ।
हिजोदेखि प्रशिक्षण सुरु भएको हो । कार्यक्रममा कार्यवाहक सभापति डीपी अर्यालले पुराना दलहरु जनताको बिषयमा बोल्ने भन्दा पनि नयाँ पार्टीलाई गाली गर्न व्यस्त रहेको आरोप लगाउनुभयो ।
उहाँले जनताले खोजेको राम्रो मान्छे उतार्न नसक्दा गलत मान्छे संसदमा पुगेको बताउनु भयो । रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उम्मेदवार हुन आकांक्षीहरु समेत सहभागी कार्यक्रममा अर्यालले यस पटक रुपन्देहीले परिवर्तनको सन्देश दिने दाबी गर्नुभयो ।












