२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेश सचिव आज नेपाल आउँदै, सबै भेटघाट आजै



अ+ अ-

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै हुनुहुन्छ । सचिव मिस्री विशेष विमान मार्फत् आज बिहान ९ बजे काठमाडौँ आइपुग्नुहुने छ ।

उहाँ काठमाडौँ ओर्लिए लगत्तै प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटघाट रहेको छ । त्यसक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्नुहुनेछ ।

त्यसपछि उहाँले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुहुनेछ । विदेश सचिव मिस्रीले आज नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुहुने पनि कार्यक्रम रहेको छ ।

त्यसैगरी परराष्ट्र सचिव अमृतबहादुर राइसँग द्विपक्षीय भेटवार्ता गर्ने र अपराह्न ५ बजे परराष्ट्रमन्त्री डा आरजु देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साँझ उहाँको सम्मानमा परराष्ट्र सचिव राइले रात्रिभोजको आयोजना गर्नुभएको छ ।

यस भ्रमणका बेला उहाँले प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेण्डाका बारेमा पनि छलफल गर्नुहुने परराष्ट्र स्रोतले जनाएको छ । विदेश सचिव मिस्री भोलि अपराह्न सोही विमानबाट स्वदेश फर्कनुहुने कार्यक्रम छ ।




भर्खरै