२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीहरुका मागहरु समेत संघीय निजामति विधेयकमा समेटेर लैजानुपर्ने माग राख्नुभएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवार बैठकमा संघीय निजामति सेवा विधेयकमाथि सैद्धान्तिक छलफलमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो ।

उहाँले विधेयमा साना तथा निजामति सेवा बाहिरका कर्मचारीहरुलाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले विधेयकले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने उद्देश्य बोकेको उल्लेख गर्दे दफावार छलफलमार्फत विधेयकलाई थप समृद्ध बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विधेयकले अहिले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने यसको उद्देश्य देखिन्छ । त्यसका लागि विधेयकले राम्रो काम गरेको जस्तो देखिन्छ । विधेयकले साना कर्मचारीहरु र निजामतिभन्दा बाहिर पारिएका कर्मचारीलाई कसरी समेट्ने भन्ने पनि छन् । यसमा हामीले नपुग भएका कुराहरुमा संशोधन पनि हालेका छौं । अहिलेसम्मका विधेयकहरु सही ढंगले पास भएका छन् । यो विधेयक पनि सोही ढंगले अगाडि बढ्छ भन्ने विश्वास छ । स्वास्थ्य सेवाका कर्मचारीहरुले पनि यही विधेयकमा बस्नुपर्छ भन्ने माग राखेका छन् । उनीहरुसन्ग पनि छलफल गर्नुपर्छ । यो विधेयकलाई समृद्ध बनाएर लैजाने कुरामा प्रतिबद्ध हुनुपर्छ । छौं । अब कुलिङ अफ पिरियडबारे पनि थप छलफल आवश्यक छ । त्यसका लागि पनि दफावार छलफलमा थप कुरा राख्नुपर्छ ।’

उहाँले कुलिङ अफ पिरियडबारे थप आवश्यक छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।