२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरूरी छ : सञ्चारमन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरूरी रहेको बताउनुभएको छ ।

राज्यको निर्णायक तहमा जनजातिमध्ये गुरुङ समुदाय निकै पछि परेको भन्दै उहाँले यसका लागि शैक्षिक समुदाय आफैँले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

मुसारा फिल्मस् प्रालि तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा आज यहाँ आयोजित ‘लिपेमा फुल्ने लालीगुँरास फूल’ शीर्षकको वृत्तचित्र प्रदर्शन तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले गुरुङ र मगर समुदायले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान दिए पनि समयसापेक्ष राज्यको नीतिनिर्माण तहमा पुग्न नसकेको बताउनुभयो ।

उहाँले सरकारले आरक्षण कोटा सुविधा दिँदासमेत निजामती सेवामा अन्य समुदायभन्दा गुरुङ समुदायले यसबाट लाभ लिन चुकिरहेको धारणा राख्नुभयो । मन्त्री गुरुङले लाहुरे संस्कृतिले गर्दा राज्यको मूलधारबाट पलायन भई विदेशी भूमि र संस्कृतिमा रमाउन थालेका गुरुङ समुदायले अब राष्ट्र र पहिचानका पक्षमा युवापुस्तालाई जागृत गराउनुपर्ने सुझाव दिनुभयो ।

“हाम्रा युवा पुस्तालाई पहिचान र राष्ट्रको अस्तित्व बुझाउनै पर्छ । त्यसैले स्वदेशमै रोजगार र भविष्य निर्माण गराउने कुरामा अभिभावकले पनि जोड दिनुहोस् । राज्यले दिएको सेवा सुविधालाई भरपुर प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा वृत्तचित्रमार्फत लमजुङको दूधपोखरी तथा दोर्दी गाँउपालिकाको सिमानाअन्तर्गत पर्ने लिपेडाँडा पर्यटन प्रवर्द्धनको लागि उपयुक्त गन्तव्य रहेको देखाइएको थियो । लिपेडाँडा थरीथरी रङका लालीगुँरासका कारण आर्कषणको केन्द्र बन्दै गएको छ ।रासस




भर्खरै