२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासनिक पुनःसंरचनाले सेवा प्रभावित हुँदैनः मुख्यमन्त्री पाण्डे



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले गरेको प्रशासनिक पुनःसंरचनाले नागरिकलाई दिइने सेवा प्रभावित नहुने बताउनुभएको छ ।

आज गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै उहाँले अहिले जिल्लाबाट सेवा दिइरहेका कुनै पनि कार्यालय खारेज नहुने तर केही कार्यालयले एकीकृत रूपमा सेवा दिने बताउनुभयो ।

“प्रशासनिक पुनःसंरचना गर्दा कुनै पनि सेवा कटौती हुँदैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रशासनिक खर्च कटौती र मितव्ययिताका लागि सात निर्देशनालय र दुई केन्द्र खारेज गरिएको हो ।” प्रशासनिक पुनःसंरचनाका लागि गठित अध्ययन कार्यदलले दिएको सुझाव अनुसार औचित्यका आधारमा केही कार्यालय र दरबन्दी कटौती गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

कार्यदलको प्रतिवेदनअनुसार पुनःसंरचनाका बाँकी काम अगाडि बढाइने उहाँको भनाइ छ । सोही अवसरमा मुख्यमन्त्री पाण्डेले गत साउन ६ देखि १२ सम्म आफूले गरेको तिब्बत भ्रमणमा कोरला नाका नियमित सञ्चालनका लागि चिनियाँ पक्षसँग कुराकानी भएको जानकारी दिनुभयो । उहाँले पोखरादेखि चीनका विभिन्न सहरमा नियमित उडानका लागि पहल गरिएको बताउनुभयो ।




भर्खरै