२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्मा बहुमत नपुग्दा उपसभामुखलाई निशाना बनाइएको राप्रपा सांसदको आरोप, एमालेको नियमापत्ति



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले उपसभामुखविरुद्ध अविश्वास प्रश्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरेको भन्दै सत्तारुढ दलहरुप्रति कटाक्ष गरेपछि नेकपा (एमाले)का सांसद सूर्य थापाले नियमापत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद कार्कीले एमाले र काँग्रेसका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर नाटक रचिएको टिप्पणी गरेपछि सांसद थापाले आपत्ति जनाउनुभएको हो । सांसद कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाउनु भयो । उहाँले ‘संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन कस्तो पार्टी ? कस्ता सांसद धिक्कार होस्’ भन्ने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो दिनभरी नौटंकी देखियो । एमाले र नेपाली काँग्रेसहरुले आफ्ना माननीयज्युहरुलाई खाली काजगमा हस्ताक्षर गरेको भन्ने खबर सुनियो । यो केका लागि त ? यो किन त भन्दा उपसभामुखलाई अविश्वसाको प्रश्तावमार्फत हटाउन रे । उहाँहरुलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पु¥याएर आफ्ना आसेपासेहरुलाई नियुक्ति गर्नको निम्ति उपसभामुखमाथि महाअभियोग लगाउने कुराहरु त्यहाँ चल्यो । सही गराउने कस्तो पार्टी, सांसदहरु कस्ता ? धिक्कार होस् ।’

लगत्तै सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्दहरु स्वीकार्य नहुने बताउनु भयो ।  उहाँले मण्डलेहरुसँग लामो समयसम्म लडेर आफूहरु आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन आग्रह समेत गर्नुभयो ।




भर्खरै