२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन गोल्डकप विजेताले तीन लाख पाउने



अ+ अ-

काठमाडौँ । हिमालयन फुटबल क्लब (एचएफसी) को आयोजनामा हिमालयन फुटसल गोल्डकपको दोस्रो संस्करण भदौको तेस्रो सातामा हुने भएको छ ।
कुल ३२ टोलीको सहभागिता रहने हिमालयन गोल्डकप काठमाडौंमा आगामी भदौ १२ गते र १३ गते हुने भएको हो । आयोजक हिमालयन फुटबल क्लवले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दियो ।

नकआउटका आधारमा हुने उक्त प्रतियोगिताको खेल चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा हुनेछन् । हिमालयन क्लबका अध्यक्ष विनोद कार्कीले उपत्यका बाहिरका टोलीका लागि खाना र बस्ने व्यवस्थासहित सहभागिता गराइने बताए । उनले पोखरा, धरान, बुटवल र चितवनका टोलीले सहभागिताका लागि चासो देखाएको बताएका छन् ।

हिमालयन सचिव विद्या दंगालले नेपाली खेलाडीहरूलाई धेरै एक्सपोजर दिने लक्ष्यले नै यो प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै प्रतिष्पर्धात्मक खेलहरू हुने विश्वास व्यक्त गरेका छन् । मलेसियामा रहेको हिमालयन फुटबल क्लबको फ्रेन्चाइज टोलीका रूपमा नेपालमा पनि यो क्लबले काम गरिरहेको छ । पहिलो संस्करणको विजेता आयोजक नै हो । खुला प्रतियोगिता भएकाले हरेक टोलीले विदेशी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीलाई टोलीमा राख्न पाउने आयोजकले जनाएको छ । यो नेपाली फुटसलमा सर्वाधिक धनराशिको प्रतियोगिताका रहेको आयोजकले दाबी गरेको छ ।

हिमालयन गोल्डकपको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । फेयर प्ले टोलीले २० हजार, बेस्ट प्लेयर र बेस्ट गोलकिपर १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस प्रतियोगिता आयोजनाका लागि करिब २० लाख खर्च हुने अनुमान गरिएको छ । यसको विजेता टोलीलाई मलेसियामा आयोजना हुने प्रतियोगितामा सहभागी गराउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।